काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत प्रज्ञा भवनमा आजबाट सुरु बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेका छन् । उक्त प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको भने छैन ।
प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिसकेपछि नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् । त्यसपछि ती प्रतिवेदनहरुमा बन्दसत्रमा समूहगत छलफल हुने छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा विभाजन गरिएको छ ।
राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ पुस २०७८, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका ६ जिल्लामा माओवादीका इन्चार्ज हेरफेर
संसदमा माओवादीको प्रश्न : माओवादी हिंसा शब्दको प्रयोग व्यक्तिगत हो कि दलको विचार हो ?
माओवादीले आज सदन अवरोध नगर्ने
‘माओवादी हिंसा’ शब्द नहटाएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय
माओवादीले राष्ट्रिय सभामा रिक्त रहेको दुईमध्ये एक समितिमा उम्मेदवारी दिने
माओवादीले बोलायो संसदीय दलको बैठक