सप्तरी । सप्तरीमा एक जना महिलाको हत्या भएको छ । छिन्नमस्ता गाउँपालिका १ की ५० वर्षीय भुटनीदेवी यादवको हत्या भएको प्रहरीले जनाएको छ ।
यादवको टाउकोमा बियरको बोतल प्रहार गरी हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
भुटनीदेवी आइतबार साँझदेखि हराइरहेकी थिइन् । सोमबार बिहान मृत फेला परेको काफ्लेले बताए । डीएसपी काफ्लेका अनुसार हत्याको अनुसन्धान गर्न जनकपुरबाट कुकुरसहितको विशेष टोली मगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ पुस २०७८, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
बाबुले गरे हँसिया प्रहार गरी छोराको हत्या
स्याङ्जामा घनले हानेर एक जनाको हत्या
सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या
मोरङ्गमा ससुरा मृत फेला, ज्वाइँ फरार
बर्दियामा एक महिलाको हत्या