क्रिसमसले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ : राष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

शनिबार, १० पुस २०७८, १२ : ०५
क्रिसमसले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मालम्बीलाई शुभकामना दिएकी छिन।

राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा यस्ता चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

उनले क्रिसमस डेजस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा मिल्ने बताइन ।

प्रतिक्रिया दिनुहोस