अप्रेटरकाे आन्दाेलनले २२० घरधुरी अन्धकारमा

सफल खबर संवाददाता

शुक्रबार, ०९ पुस २०७८, १२ : २२
अप्रेटरकाे आन्दाेलनले २२० घरधुरी अन्धकारमा

हुम्ला । विद्युतका अप्रेटरले एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै छुईपुग जलविधुत आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका -८ को खोल्सी र नाम्खा गाउँपालिका- ४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत आयोजनाको सेवा बुधबारबाट बन्द गरिएको छ ।

विद्युत् आयोजनाका अप्रेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि पारिश्रमिक नपाएपछि बुधबारबाट सेवा बन्द गरेर विरोध जनाएका हुन् । गतवर्षको माघ महिनादेखि विद्युत सञ्चालन गर्दै आएको भए पनि आफूहरूले पाउने सेवासुविधा र पारिश्रमिक नपाएपछि विद्युत सेवा नै बन्द गर्न बाध्य भएको अप्रेटर ग्याल्जन लामाले बताए ।

अप्रेटर लामाले भने, आफू दुबै जनाले मासिक रूपमा पाउनुपर्ने दश दश हजारका दरले हो । एकवर्ष भई सक्यो प्रति व्यक्तिले एक लाख रुपैयाँभन्दा बढी पाउनुपर्ने हो । तर, कसैको ध्यान जान सकेको छैन । त्यसैले गत बुधबारबाट विद्युत सेवा बन्द गर्ने निर्णय गरेका हौँ । 

विद्युत बन्द गरिएपछि दुईवटा वडाका २२० घर दूरी अन्धकारमा बस्न बाध्य भएका छन् । खोल्सी गाउँका ९० घरधुरी, लामा खोल्सी र खगालगाउँ गाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अप्रेटरलाई तलव खुवाउने निर्णय थियो ।  

प्रतिक्रिया दिनुहोस