बज्र ग्रुप को “सोमानी ग्रान्ड़े” शोरुम उद्घाटन

सफल खबर संवाददाता

विहीबार, ०८ पुस २०७८, १६ : २२
बज्र ग्रुप को “सोमानी ग्रान्ड़े” शोरुम उद्घाटन

काठमाडौं  । बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) ले, ललितपुर स्थित ढोलाहिटीमा सोमानी ब्राण्डका सम्पूर्ण सामाग्रीहरु बिक्री वितरण गर्ने उद्देश्यले, “सोमानी ग्रान्ड़े” शोरुम खोलेको छ ।

सोमानी सेरामिक्सका प्रमुख कार्यकारी अधिकृत  अभिषेक सोमानीद्वारा एक समारोह बिच उक्त शोरुमको समुद्घघाटन गरिएको हो । सोमानी सिरामिक्स भारतको सेरामिक्स उद्योगमा अग्रणीमा पर्दछ । उद्योगमा अग्रगामी र सबैका लागि पछ्याउनको लागि उच्च मापदण्ड तय गर्दै कम्पनीले सोमानी ग्रान्डे आउटलेट लन्च गरेर नेपालमा बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) मार्फत आफ्नो पदचिह्न विस्तार गर्दैछ ।

विगत ३० वर्षदेखि, आफ्नो ग्राहकहरुलाई सुपथ मूल्यमा बाथरुमका सामान, टायल्स र सेनिटरी सामानहरु उपलब्ध गराउदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) ले “सोमानी ग्रान्ड़े ” शोरुम उद्घाटनको अवसरमा सामानको खरिदमा गिफ्ट भौचर राखेको छ । स्थापनाकालदेखि आजको दिनसम्म थुप्रै परियोजनाहरुमा नियमित रुपमा सामाग्रीहरुको बिक्रीवितरण गर्र्दै आएको यस कम्पनी, ग्राहकहरुको माया र सन्तुष्टिले आज यहाँ सम्म आइपुग्न र नयाँ शोरुमको थालनी गर्न सफल भएको कम्पनीले जनाएको छ ।
    

प्रतिक्रिया दिनुहोस