राप्रपा महाधिवेशनले नयाँ आशाको संचार गरेको दाबी

सफल खबर संवाददाता

विहीबार, ०८ पुस २०७८, ०८ : १४
राप्रपा महाधिवेशनले नयाँ आशाको संचार गरेको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले भर्खरै सम्पन्न राप्रपा महाधिवेशनले देश र समाजमा नयाँ आशाको संचार गरेको दाबी गरेका छन् ।

‘महाधिवेशनको प्रजातान्त्रिक प्रक्रियाबाट राप्रपाले पार्टी नेतृत्व पुस्तान्तरण गर्यो । युवा नेतृत्व स्थापित भएसँगै राप्रपाप्रति देश र जनताको असाधारण चासो र आकर्षण बढेको छ,’ सुन्दर लावतीले पाँचथरमा आयोजित एक कार्यक्रममा भने ।

‘देश र समाजले भरपर्दो राजनीतिक विकल्प खोजीरहेको समयमा राप्रपा महाधिवेशनबाट नयाँ तंरग संचार भएको छ । नवीन राप्रपा बन्ने बनाउने क्रमले राप्रपातर्फ आशा र भरोसाको लहर बढीरहेको छ । महाधिवेशन लगत्तै देखिएको पार्टी प्रवेशको लहर त्यही यथार्थको घोतक हो,’ नेता लावतीले मिक्लाजुङ–१ मा सम्पन्न भेलालाई सम्बोधन गर्दै भने ।

महाधिवेशनमा देखिएको आन्तरिक प्रतिष्पर्धाको अध्याय महाधिवेशनसँगै समाप्त भएको भन्दै केन्द्रीय सदस्य लावतीले अब पार्टी एक ढिक्का भएर जनतामा स्थापित हुनेतर्फ अग्रसर हुनु पर्ने बताए । सो अवसरमा नेपाली कांग्रेस, नेकपा एमाले समेत परित्याग गरी २७ जना राप्रपामा प्रवेश गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका नेता कमल कुमार राईले राप्रपाको अगुवाईमा देशले फड्को मार्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पदम देव केरुङ, चन्द्र लावती, पविन माखिम, ओम बजगाई, मदन चाम्लिङ, महेन्द्र आङदेङवे, युद्धचन्द्र राई, राजभक्त आङदेङवे, महेन्द्र राई लगायतले मन्तव्य प्रस्तुत गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस