कांग्रेस प्रदेश २ को अधिवेशनमा देउवा र शेखर पक्षबीच झडप, प्रहरीद्वारा लाठीचार्ज

सफल खबर संवाददाता

बुधबार, ०७ पुस २०७८, १७ : ४७
कांग्रेस प्रदेश २ को अधिवेशनमा देउवा र शेखर पक्षबीच झडप, प्रहरीद्वारा लाठीचार्ज

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा दुई पक्षबीच झडप भएको छ । शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र शेखर कोइराला विमलेन्द्र निधि पक्षबीच निर्वाचनको विषयलाई लिएर झडप भएको हो ।

प्रदेश २ मा कांग्रेसको नेतृत्व लिन संस्थापन पक्षबाट कोइराला(निधि पक्षबाट रामसरोज यादव सभापतिको उम्मेदवार छन् । देउवा पक्षबाट कृष्ण राय यादवले उम्मेदवारी दिएका छन् । कोइराला(निधि समूहले आजको मतदान स्थगित गरेर भोलि मात्र गर्ने प्रस्ताव राखेपछि देउवा समूह आक्रोशित भएको थियो।

विवाद बढेर दुई पक्षबीच झडपको रूप लिएपछि प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको छ । कांग्रेस चुनावका लागि अहिलेसम्म मतपत्र समेत छापिएको छैन । चुनाव कहिले हुन्छ भन्ने पनि अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस