डेढ महिनापछि बाग्मती प्रदेश सभासभा बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, ०७ पुस २०७८, १० : ४२
डेढ महिनापछि बाग्मती प्रदेश सभासभा बैठक बस्दै

काठमाडौं । मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिएपछि बस्न नसकेको बाग्मती प्रदेशको बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ ।

गत कात्तिक २२ गते मुख्यमन्त्री पाण्डेले सपथ लिएपछि बस्न नसकेको बैठक आज डेढ महिना पछि बस्न लागेको हो ।

सभामुख सानुकुमार श्रेष्ठले बिहान ११ बजे बोलाएको कार्यव्यवस्था समितिको बैठकले कार्यसुची तय गरेपछि दिउँसो १ बजे बैठक बस्ने प्रदेश सचिव कृष्णहरि खडकाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस