काठमाडौं । जेराद ब्रान्थवेटले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ । १७औँ चरण अन्तर्गत बिहीबार राति भएको एभर्टनसँगको खेलमा चेल्सी १–१ गोल अन्तरमा रोकिँदै अंक बाँडन बाध्य भएको हो ।
स्टामफोर्ड ब्रिजमा पहिलो हाफमा कुनै गोल हुन सकेन । दोस्रो हाफमा घरेलु टोली चेल्सीले अग्रता बनायो । मासन माउन्टले ७०औँ मिनेटमा गोल गरे । तर त्यसको ४ मिनेटमै ब्रान्थवेटले गोल फर्काएपछि चेल्सी रोकिएको हो ।
बाँकी समय दुबै टोलीले गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । चेल्सीले प्रिमियर लिगमा पछिल्लो ३ खेलबाट ५ अंक गुमाएको छ ।
बराबरीसँगै चेल्सी उपाधि होल्डमा ४ अंकले पछि परेको छ । चेल्सीको १७ खेलबाट ३७ अंक सहित तेस्राे स्थानमा छ । यता, एभर्टन समान खेलबाट १९ अंक सहित १४ औं स्थानमा छ ।
गय राति नै भएको खेलमा न्युक्यासल युनाईटेडलाई एक गोलले पछि परेको स्थितीमा ३ गोल गर्दै लिभरपुलले जित निकालेको छ । जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ । समान खेलबाट ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ पुस २०७८, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्लिस प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात
टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा
क्रिस्टल प्यालेसमाथि म्यानचेस्टर सिटीको शानदार जित
म्यानचेस्टर सिटीको सहज जित
इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग न्यूक्यासल ४–२ ले पराजित