जनयुद्ध तथा जनआन्दोलनमा शहीद तथा बेपत्ता परिवारलाई आर्थिक सहयोग दिन भरतपुर महानगरले माग्यो निवेदन

प्रक्रिया पु¥याई ३० दिन भित्र निवेदन दिन आव्हान

सफल खबर संवाददाता

शुक्रबार, ०२ पुस २०७८, १० : १६
जनयुद्ध तथा जनआन्दोलनमा शहीद तथा बेपत्ता परिवारलाई आर्थिक सहयोग दिन भरतपुर महानगरले माग्यो निवेदन

चितवन । १० वर्षे जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा शहीद भएका तथा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्न भरतपुर महानगरपालिकाले निवेदन आव्हान गरेको छ ।

भरतपुर महानगर पालिका, नगर कार्यपालिकाको कार्यालयले शुक्रबार सार्वजनिक सुचना जारी गर्दै निवेदन दिन आव्हान गरेको हो । भरतपुर महानगर नगर कार्यपालिकाबाट पारित आर्थिक सहायता गर्ने सम्बन्धी कार्यविधि २०७८ को दफा ४ (क) बमोजिम सहायता प्राप्त गर्नका लागि  दफा २ (घ) बमोजिम महानगरको महिला, बालबालिका तथा समाज कल्याण शाखामा ३० दिन भित्र निवेदन पेश गर्न भनिएको छ । 

महानगरले निवेदनसंगै व्यक्तिगत विवरण खुल्ने नागरिकताको प्रतिलिपी, आधिकारिक निकायबाट जनयुद्ध तथा सबै प्रकारका अनआन्दोलनमा शहीद भएका तथा बेपत्ता पारिएका परिवार खुल्ने कागजात, भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबासको प्रमाण, वडा कार्यालयको सिफारिस र हालसालै खिचेको दुई प्रति तस्वीर समेत संलग्न गर्न भनेको छ । 

जनयुद्ध तथा जनआन्दोलनमा शहीद तथा घाईते भएका परिवारले राज्यले आफुहरुलाई कुनै सहयोग नगरेको गुनासो गर्दै आईरहेका बेला भरतपुर महानगरले सहयोग लिन निवेदन माग गरेको छ ।