काठमाडौं । नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले चुनावी प्रतिस्पर्धा सकिएको भन्दै अब काममा प्रतिस्पर्धा गर्ने बताएका छन् ।
चुनावी नतिजा सार्वजनिक भएलगत्तै काँग्रेसको मुख्य कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले आफ्नो जित व्यक्तिगत रुपमा नभई बदलिएको काँग्रेस बनाउने आकांक्षाको जित भएको बताए । जितले आफू स्वाभाविक रुपमा गौरवान्वित भए पनि यसले आफूलाई थप जिम्मेवारी बढाएको उनले बताए ।
उनले महामन्त्रीमै निर्वाचित अर्का युवा नेता गगन थापाको जितमा पनि खुशी व्यक्त गरे । महाधिवेशन प्रतिनिधिहरुले दुवै युवा महामन्त्री एउटै जोडी बनेर काम गरुन् भन्ने अपेक्षाका साथ आफूहरुलाई मत दिएको उनको भनाइ थियो । उनले पहिलाभन्दा अझ जिम्मेवार, अझ मेहनती बन्नुपर्ने भन्दै यस दिशामा आफू गम्भीर भएर अघि बढ्ने बताए ।
आफूलाई फरक विचार समूहमा रहका साथीले समेत मत दिएर जिताएको भन्दै शर्माले फरक विचार समूहका साथीहरुलाई समेत समेटेर अघि बढ्ने जिम्मेवारी आफ्नो काँधमा आएको प्रस्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ पुस २०७८, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनराज गुरुङमाथि सीआईबीले छानविन सुरु गरिसक्यो : विश्वप्रकाश शर्मा
देउवा अब प्रधानमन्त्री बन्नु हुँदैन : विश्वप्रकाश शर्मा
दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने प्रस्ताव पास हुन्छ : महामन्त्री शर्मा
कांग्रेस र एमालेबीचको विमतिलाई जबरजस्ती छोप्न खोजे दुर्घटना हुन्छः विश्वप्रकाश शर्मा
गिरीबन्धु प्रकरणलक्षित गर्दै विश्वप्रकाशले भने - ‘प्रधानमन्त्रीलाई कुनै छुट छैन’
प्रधानमन्त्रीलाई राजीनामा दिने वा विश्वासको मत लिने दुवै सुविधा छ : विश्वप्रकाश शर्मा