काठमाडौं । प्रतिनिधिसभाको बैठक ६ पुससम्मका लागि स्थगित गरिएको छ । संसदको १०औँ अधिवेशन पहिलो बैठकमा विभिन्न ६ वटा अध्यादेश पेस गरिएपछि ६ पुस मंगलबार दिउँसो १ बजे अर्काे बैठक बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् ।
मंगलबारको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेर अवरोध सृजना गरेका थिए ।मंगलबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरिएको छ ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षीले उठाएको प्रश्नको सदनमा जवाफ दिँदै प्रधानमन्त्री
प्रतिनिधिसभा बैठक सुरु, यस्ता छन् कार्यसूची
कुलमानको बचाउमा विपक्षी दलहरू उभिए एकठाउँ, सभामुखले गरे रुलिङ
सरकारले शहीदमार्गको रकम कटौती गरेकोप्रति वर्षमानको आपत्ति
ब्रेक लागिरहेका कामलाई सरकारले ‘थ्रु’ गरिरहेको छ : प्रधानमन्त्री ओली
यस्ता छन् आइतबार बस्ने प्रतिनिधिसभा बैठकका ४ कार्यसूची