माओवादी केन्द्रको प्रदेश २ अधिवेशन शनिबार जनकपुरमा हुँदै

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, १२ : ४४
माओवादी केन्द्रको प्रदेश २ अधिवेशन शनिबार जनकपुरमा हुँदै

धनुषा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रदेश २ अधिवेशन मङ्सिर २५ गते जनकपुरधाममा गर्ने भएको छ । शुक्रबार नेकपा माओवादी केन्द्र प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले जनकपुरधामस्थित नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाकक्षमा पत्रकार सम्मेलन गरेर प्रदेश अधिवेशनबारे जानकारी दिए ।

प्रदेशको एक सय ३६ पालिकाबाट छ सय र मनोनित गरी एक हजार प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछ । प्रदेश २ मा एक सय ३६ पालिकामध्ये ३० वटा पालिकामा अधिवेशन हुन बाँकी रहेको समेत उनले भने ।

मङ्सिर २५ गते अधिवेशन उद्घाटन र पुष ३ गतेको बन्द सत्रबाट नयाँ कार्यसमिति चयन हुने हुँदा त्यस अवधिभित्र बाँकी रहेका पालिकाको पनि अधिवेशन सम्पन्न गरिसक्ने संयोजक बढाथोकीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रदेश अधिवेशनको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल भर्चुअल मार्फत सम्बोधन गर्र्नेछन । जनकपुरधामस्थित जनकपुर उधोग बाणिज्य संघको सभाहल हुने प्रदेश २ अधिवेशनलाई प्रदेश स्थायी समिति सदस्यहरु गिरीराजमणि पोखरेल, मातृका प्रसाद यादव र गणेश साहलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको संयोजक बुढाथोकीले भने ।

प्रतिक्रिया दिनुहोस