प्रदेशमा पदाधिकारी संख्या थप गर्ने माओवादी केन्द्रको निर्णय

सफल खबर संवाददाता

विहीबार, २३ मंसिर २०७८, १५ : ४७
प्रदेशमा पदाधिकारी संख्या थप गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ ।

बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकले  यसअघि रहेको पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो । बैठकको निर्णयानुसार अब माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहने  प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

त्यस्तै, बैठकले प्रदेश समितिको आकार पनि बढाउने निर्णय गरेको छ । प्रदेश १ मा २६९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बनीमा २५३, कर्णालीमा २२१ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने निर्णय भएको हो । 

प्रतिक्रिया दिनुहोस