कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

बुधबार, २२ मंसिर २०७८, ०८ : २२
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि पहाडी भूभागमा आंशिक बदली भने कायमै छ । 

 महाशाखाका अनुसार बुधबार दिउँसो प्रदेश नं १ को भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

यसैगरी राति प्रदेश नं १ र प्रदेश नं २ का भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस