बालकुमारीका पूर्व विद्यार्थीको भेला

शनिबार, १५ बैशाख २०७५, १९ : २४
बालकुमारीका पूर्व विद्यार्थीको भेला

नारायणगढ । बालकुमारी उच्च मा.वि. नारायणगढबाट २०५१ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीहरुको भेला शनिबार नारायणगढमा सम्पन्न भएको छ । बालकुमारीका पूर्व विद्यार्थीहरु सहभागिे सो भेलामा उनीहरुबीच परिचयात्मक कार्यक्रमसहित आफ्ना अनुभवहरु आदानप्रदान गरिएको थियो ।
भेलामा सहभागिहरुले बालकुमारी उच्च माविको शैक्षिक, भौतिक र आर्थिक विकासको लागि समन्वय गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
पछिल्लो समय विद्यालयको शैक्षिक वातावरण खस्केकोप्रति चिन्ता गर्दै अधिकांशले विद्यालयको शैक्षिक सुधारका निम्ति आवश्यक वातावरण तयार गर्न पूर्व विद्यार्थीहरुले समन्वय गर्नुपर्ने आवश्यकता रहेको उनीहरुको भनाई थियो । पूर्व विद्यार्थीहरुको यो जमघटले विद्यालयदेखि आफ्ना सहपाठीहरुबीच आवश्यक सहयोग समेत आदानप्रदान हुने भएकाले यस्ता महत्वपूर्ण भेलाले निरन्तरता पाउनुपर्ने उनीहरुले बताए ।
तत्काल वृहद भेलाको आयोजना गर्न र पूर्व विद्यार्थीहरुमार्फत विभिन्न गतिविधि गर्न शनिबार सम्पन्न सो भेलाले ११ सदस्यीय तदर्थ समिति समेत निर्माण गरेको छ । समितिमा  विरञ्जना सापकोटा, रसिक प्रधान, हरिप्रसाद पोखरेल, दुर्गा अर्याल, ईश्वर रिमाल, दामोदर अर्याल, जगत रेग्मी, विनु अधिकारी, प्रवोध श्रेष्ठ, नविन रिजाल, गीता श्रेष्ठ रहेका छन् । वि.सं. २०२२ सालमा नारायणगढमा बालकुमारी माविको स्थापना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस