काठमाडौं । बिहीबार बिहानैदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा पनि आंशिकदेखि सामान्य बदली रहेको छ।
महाशाखाले बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने पूर्वानुमान गरेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि महाशाखाले औंल्याएको छ भने सो प्रदेशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात सम्भावना समेत रहेको छ।
यसैगरी राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको छ।
हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ मंसिर २०७८, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : कोशी र बागमती प्रदेशमा धेरै वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा धेरै वर्षाको सम्भावना
आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा वर्षाको सम्भावना