दुई पुरुषको शव फेला

शनिबार, १५ बैशाख २०७५, १८ : ४४
दुई पुरुषको शव फेला

पोखरा ।  पोखरा लेखनाथ महानगरपालिका–१३ स्थित दुई कुलाको मुहानमा आज दुई पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार मादी गाउँपालिका–३, ताङतिङ घर भई हाल पोखरा–१३, सिग्देलटोलमा बस्दै आएका कुमार नेपालीको पहिचान भएको छ भने अर्का एकजनाको पहिचान खुल्न बाँकी छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस