काठमाडौँ । सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा सोमबार पनि झडप भएको छ । जिल्लाको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका -८ मा वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृतमाथि आक्रमण भएपछि कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
झडपमा मतदान अधिकृत उमेशचन्द्र झासहित ४ प्रहरी र एकपक्षका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । उनीहरु मध्य मतदान अधिकृतको झाको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको छ । अन्य घाइतेहरुको पनि जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
काँग्रेस इतर पक्षले मतदानस्थल वडा कार्यालयमा लैजान खोजेको र संस्थापन पक्षले विद्यालयमा बनाउन खोजेपछि झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए । झडप भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीड तितरबितर पारेको थियो ।
आइतबार पनि विवादकै कारण प्रदेश सांसद एवं प्रदेश २ का महिला तथा बालबालिका मन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले हवाई फायर गरेका थिए। सोही क्रममा मन्त्रीका निजी सुरक्षागार्ड र अर्का एक सहयोगि घाईते समेत भएका थिए । लगतै बलरा नगरपालिका वडा नम्बर ८ र ९ मा अधिवेशन स्थगित गरिएको थियो । सोमवार पुनः मतदानको तयारी भईरहेको अवस्था झडपको अवस्था सृजना भएको हो ।
सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अम्रेस कुमार सिहं र प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री सिहंविच कडा टक्राव रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ मंसिर २०७८, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण, प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर
बाढी र डुबानले प्रभावित सर्लाहीका गाउँमा खानेपानी समस्या
सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या
सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद
सर्लाहीका ९१ निजी वनमा २६ प्रजातिका बोटबिरुवा
सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत