आगलागीबाट रु बीस लाखको क्षति

शनिबार, १५ बैशाख २०७५, १६ : १८
आगलागीबाट रु बीस लाखको क्षति

कलैया । कलैया उपमहानगरपालिका– २१ घोडाह गाउँमा गएराति एक घरमा अचानक आगलागी हुँदा करिब रु २० लाखको सम्पति क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घोराह बस्ने उपेन्द्र चौधरीको घरमा अचानक विद्युत् सट भई आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा गर गहनासमेत गरी रु २० लाखको क्षति भएको हो ।
आगलागी हुँदा घरमा महिला मात्र भएको र आगलागी भएका बखत घरबाट सरसामान बाहिर ल्याउँदा गहनाचोरी समेत भएको पीडित परिवारबाट थाहा भएको छ । आगो स्थानीयवासीबाट नियन्त्रण गरिएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस