काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक लागि ल्याएको मौद्रिक नीतिको समीक्षाको नकरात्मक असर शेयर बजारमा देखिएको छ ।
समीक्षा पछि आइतबार खुलेको बजार ८० दशमलव २९ अंकले घछटेर २ हजार ६ सय ५१ दशमलव ४९ अंकमा झरेको छ । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव १९ अंकले घटेको छ । ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको शेयर कारोबार भएको छ ।
मौद्रिक नीतिको समीक्षमा शेयर धितो कर्जामा राष्ट्र बैंक लचक हुने अपेक्षा शेयर लगानीकर्ताको थियो । तर राष्ट्र बैंकले समीक्षामा शेयर बजारको विषयमा केही बोलेन । अनपेक्षित रुपमा मौद्रिक नीतिको समीक्षा आएपछि लगानीकर्ताहरुले आत्तिएर शेयर बिक्री (प्यानिक सेल) गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ मंसिर २०७८, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई अंक बढ्यो सेयर बजार
१५.५४ अंकले घट्यो नेप्से
घटेको सेयर बजारमा कारोबार ७ अर्ब नाघ्यो
नेप्से परिसूचक ६.५३ अंकले बढ्यो
नेप्से परिसूचकमा ६ अङ्कको वृद्धि
२६४० अंकमा पुग्यो सेयर बजार