सल्लेरी । सोलुखुम्बुको छेस्काम माध्यमिक विद्यालयले कार्यालय समयमा फेसबुक र म्यासेन्जर बन्द गरेको छ । एभरेस्ट लिंकको सहयोगमा इन्टरनेट जोडेका विद्यालयले १० बजेदेखि ४ बजेसम्म अरु सबै चल्ने तर फेसबुक र म्यासेन्जर नचल्ने बनाएका हो ।
विद्यार्थीको कम्प्युटर शिक्षा र शिक्षकको अध्यापन सहजताका लागि इन्टरनेट जोडेको विद्यालयले जनाएको छ । आजको गोरखापत्रमा यो समाचार छ । विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राई इन्टरनेटको सहयोगमा अध्यापनमा सहज भई शैक्षिक गुणस्तर वृद्धिका लागि जोडिएको बताउँछन् । प्रअ राईका अनुसार चाहिएको विषयवस्तु र नजानेको विषय इन्टरनेटमा खोज्दा पाइने भएकाले शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १५ बैशाख २०७५, ०७ : २२
लेखकबाट थप