काठमाडौं । चालू आर्थिक वर्ष २०७८-७९ मा पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुुगेको छ।
वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा करिब ५५ हजार, असोजमा ४० गरी ९५ हजार, साउन र भदौमा ४१ हजार ४१ ले श्रम स्वीकृति लिएर विदेश गएका छन्। पछिल्लो कात्तिक महिनामा ५० हजार ६२३ पुरुष र चार हजार २९५ महिला गरी ५४ हजार ९१ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। कात्तिकमा श्रम स्वीकृति लिएकामध्ये ३० हजार १८ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ।
विभागका अनुसार चालू आवको साउनमा २५ हजार ४२८ र भदौमा १६ हजार ४००, असोजमा ४० हजार र कात्तिकमा ५५ हजारले श्रम स्वीकृति लिएका छन्। यो सङ्ख्या गत आर्थिक वर्षको सुरुको चार महिनाभन्दा तेब्बरले बढी हो। चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि धेरैको रोजाइमा कतार भएको छ। सो अवधिमा ५० हजारभन्दा बढी श्रम स्वीकृति लिएर कतार गएका छन्।
कतारपछि साउदी अरब जान लगभग ४२ हजारले श्रम स्वीकृति लिएका छन्। त्यस्तै संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, कुुवेत, ओमान र बहराइनलगायतका देश छन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०६ मंसिर २०७८, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आकर्षक रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह
इजरायल रोजगारी २ हजार ११२ जनाको नाम सार्वजनिक
औसतमा वार्षिक ७ लाख १३ हजार नेपाली वैदेशिक रोजगारीमा
वैदेशिक रोजगारीका ठगी उजुरी ५७ प्रतिशतले वृद्धि
दक्ष भएर वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो
भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा