वैदेशिक रोजगारीका ठगी उजुरी ५७ प्रतिशतले वृद्धि

पत्रपत्रिकाबाट

विहीबार, २४ साउन २०८१, ०७ : ५५
वैदेशिक रोजगारीका ठगी उजुरी ५७ प्रतिशतले वृद्धि

काठमाडौ । वैदेशिक रोजगारीका नाममा हुने ठगीका उजुरी पछिल्लो वर्षमा ५७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन हजार ३५६ उजुरी र आव २०८०/८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका छन् । यो सङ्ख्या अघिल्लो आवभन्दा गत आवमा वैदेशिक रोजगारीका क्रममा भएका ठगीका उजुरीको सङ्ख्या चार हजार ४०६ ले बढेको छ । 

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन । 

विभागका अनुसार आव २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका उजुरीको सङ्ख्या तीन हजार ३५६ उजुरी दर्ता भएका थिए । आव २०७८/७९ मा वैदेशिक रोजगारी ठगीका नाममा परेका उजुरीको सङ्ख्या एक हजार ७४२ वटा थिए । तीन आवको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो आव २०८०/८१ मा सात हजार ७६३ उजुरी दर्ता भएका छन् । यो हेर्दा उजुरी गर्ने उच्च दरमा बढेको स्पष्ट हुन्छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस