दक्ष भएर वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो

सफल खबर संवाददाता

मंगलबार, ०४ असार २०८१, ०८ : ०१
दक्ष भएर वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो

काठमाडौ । वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली
श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ ।

विसं २०८० जेठको तुुलनामा २०८१ को जेठमा दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार गत जेठमा दक्ष भएर जानेको सङ्ख्या ६४ प्रतिशत रहेकोमा गएको जेठमा ७१ प्रतिशत पुुगेको छ ।

गएको जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएर गएकोमा ५१ हजार ६२० जना दक्ष भएर वैदेशिक रोजगारीमा गएका छन् । 

गत २०८० जेठमा
५९ हजार ४९९ जनाले श्रम स्वीकृति लिएर वैदेशिकरोजगारीमा गएकोमा ३७ हजार ८९८ जना दक्ष
भएर गएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस