दियालो फुडल्याण्डको चौथो शाखा काठमाडौंको बालाजुमा

सफल खबर संवाददाता

आइतबार, ०५ मंसिर २०७८, १६ : ३४
दियालो फुडल्याण्डको चौथो शाखा काठमाडौंको बालाजुमा

चितवन । ठूलो सभाहल र खानाका कारण चितनमा आँफुलाई चिनाएको दियालो फुडल्याण्डले चौथो शाखा काठमाडौंको बालाजुमा संञ्चालनमा ल्याएको छ । दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै  जनप्रकाश चापागाईले  चेन होटल सञ्चालनमा ल्याएका हुन । उनकै नेतृत्वको समुहले बालाजुमा नयाँशाखा सञ्चालनमा ल्याएको हो ।

दियालो शेषमती बालाजुको नामबाट नयाँशाखा सञ्चालनमा आएको हो । सो शाखाका प्रबन्ध निर्देशक मिलन पाण्डेका अनुसार रु ६ करोड भन्दा वढि लगानीमा शाखा खोलिएको हो । १० रोपनि भाडाको जग्गामा एक हजार र तीन सय जना अट्ने दुईवटा बैंकेट हल रहेका छन् । पाण्डेका अनुसार १ सय ५० जना क्षमताको रेष्टूरेन्ट रहेको छ । उनले भने “हाम्रो दियालोको चार वटै शाखामा एकै प्रकारका उच्च गुणस्तरका खाना खुवाउँछौं ।” ट्राभल र टुरीजम क्षेत्रमा २५ वर्षको अनुभब संगाल्नु भएका पाण्डेले स्थानियको आबश्यकता अनुसार बालाजुमा दियालोको चौथो शाखा खोलिएको बताए । शाखाको पूर्ब रक्षामन्त्री समेत रहेका सांसद भिमशेदाश प्रधान र पूर्ब गोरखाका पूर्ब सांसद सुरेन्द्रराज पाण्डेले संयुक्तरुपमा उद्घाटन गरेका थिए । नुवाकोट जाने माछा पोखरी बाइपासबाट करिब ६ सय मिटर टाढा अबस्थित सो दियालो फुडल्याण्ड कोभिड अगाडीनै सञ्चालन गर्ने गरि काम गरिएकोमा महामारिका कारण अहिले सञ्चालमा ल्याईएको हो ।

दियालो समुहको पहिलो बैंकेट बसुन्धरा, दोस्रो बुटवल र तेस्रो चितवनमा रहेको छ । चितवनमा १९ वटा कोठा समेत रहेका छन् । समुहको नेतृत्व गर्दै आउनु भएका चापागाईले निकट भबिश्यमानै पोखरामा नयाँ शाखा खोल्ने बताए । देशका प्रमुख शहरहरुमा बैंकेटको शाखा बिस्तार गर्ने तयारी छ । चितवनमा दियालोको २ हजार २ सय जना अट्ने सुबिधा सम्पन्न सभाहल रहेको छ । यो जिल्लाकै ठूलो हल हो । यसलाई दुई भागमा बाँढेर बिबाह, भोज संगै कार्यक्रम गर्न सकिन्छ । चापागाई रेष्टुरेन्ट र खानामा आँफ्नो बैंकेट उत्कृष्ठ भएको दावि गर्नुहुन्छ । चापागाइकै नेतृत्वको समुहले बत्तिसफुतलिमा अनुपम फुडल्याण्ड र सामाखुशीमा गोधुली फुडल्याण्ड सञ्चालन गर्दै आएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थायी घर भएका उनी यहाँको बालकुमारी कलेजबाट कानूनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेसँगै बेलायत पुगेका थिए । बेलायतमा समेत त्यहाँको तारे होटलका सेफ चापागाईले नेपाल फर्किएर बैंकेट क्षेत्रमा हात हाले। नेपालमा चापागाई बैंकेट क्षेत्रमा परिचित नाम हो । उनका सबै शाखामा एउटै मेनु र दररेट राखिएको छ ।

प्रतिक्रिया दिनुहोस