गायक अमात्यको जग्गा प्रकरणमा पक्राउ परेका चौरासीयालाई रिहाईको माग गर्दै  कुमारी बैंकको प्रादेशिक कार्यालयमा धर्ना

सफल खबर संवाददाता

आइतबार, ०५ मंसिर २०७८, १५ : २०
गायक अमात्यको जग्गा प्रकरणमा पक्राउ परेका चौरासीयालाई रिहाईको माग गर्दै  कुमारी बैंकको प्रादेशिक कार्यालयमा धर्ना

चितवन । नेपाल भ्यालुयर्स एसोसिएशनमा आबद्द इन्जिनियरिङ कन्सल्टेन्सी अन्र्तगतका प्राविधिक इन्जिनियरहरुले गायक योगेश्वर अमात्यको जग्गा प्रकरणमा पक्राउ परेका ई.राजेस कुमार चौरासीयालाई रिहाईको माग गर्दै कुमारी बैंकको प्रादेशिक कार्यालयमा १ घण्टा धर्ना दिएको छ ।

गायक योगेश्वर अमात्यको बारामा रहेको १२ बिघा १ कट्ठा जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड ऋण प्रवाह कार्यमा संलग्न भएको आरोपमा ३ जना ऋणी पक्षका, १ जना बैंकका कर्मचारी, जग्गा मूल्यांकनकर्ता इन्जिनियर चौरासीया प्रहरी हिरासतमा छन् । नक्कली कागजात बनाएर ऋण स्वीकृति दिएको भन्दै कुमारी बैंक आलोचित बनेको छ ।

चितवन च्याप्टरले प्ले कार्ड सहित धर्ना दिएको थियो । प्ले कार्डमा काम गर्नेलाई इज्जत किनरु, गलत गर्नेलाई कारवाही गर, इञ्जिनियरलाई होइन लगायतका नारा थिए । चितवन च्याप्टर अध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठले चौरासीयाको निशर्त रिहाइ नभएसम्म कडा आन्दोलन गरिने बताए । बैंकले उपलब्ध गराएको कागजातको शुद्धताको परिक्षण गर्ने काम मूल्यांकनकर्ताको नहुने बताए ।

चितवन च्याप्टरका उपाध्यक्ष पुरन सुवेदीले २४ गतेदेखिनै बैंक तथा वित्तीय संस्थामा धितो मुल्यांकनको काम रोकिएको बताए । उनका अनुसार चितवनमा ४० जना संगठित धितो मुल्यांकनकर्ता इन्जिनियरहरु छन् । नेपाल भ्यालुयर्स एसोसिएसनले आज देशभरका च्याप्टरहरु मार्फत विरोध तथा धर्ना गरेको छ ।

एसोसिएशनले बैकंले उपलब्ध गराएको कागजातहरुको शुद्दताको परिक्षण गर्ने कार्य मुल्याकंनकर्ताको जिम्मेवारी नरहेको भन्दै चौरासीया लाई रिहाई गर्न माग गरेको छ । नेपाल राष्ट्र बैकंबाट मुल्याकंन प्रक्रिया सम्बन्धी स्पष्ट मापदण्ड एवम निर्देशिका जारी नभएसम्म चरणवद्द आन्दोलाको घोषणा गर्ने एसोसिएशनले जनाएको छ । थप आन्दोलनका कार्यक्रम अन्र्तगत बुधवार ११ बजे एन. बिए अफिस धर्ना ,कुमारी बैकका शाखामा विरोध धर्ना रहेका छन । 

 

  

 
 

प्रतिक्रिया दिनुहोस