प्रधानन्यायाधीस जबराको राजिनामा माग्दै काूनन व्यवसायीहरुले आज पनि दिए धर्ना

सफल खबर संवाददाता

आइतबार, ०५ मंसिर २०७८, ११ : ४२
प्रधानन्यायाधीस जबराको राजिनामा माग्दै काूनन व्यवसायीहरुले आज पनि दिए धर्ना

file Photo

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले आइतबार पनि सर्वोच्चमा धर्ना जारी राखेका छन् ।

सर्वोच्च अदालत परिसरमा भेला भएर उनीहरुले धर्ना दिएका छन् । धर्नामा सहभागीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् ।

धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताए ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै  प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस