काठमाडौं । एमालेमा अध्यक्षपछिको दोस्रो कार्यकारिणी र महत्वपूर्ण पद महासचिव हो । बहुपदीय प्रणालीमा जानुभन्दा अघि एमालेभित्र महासचिव नै पहिलो पदीय मर्यादाको पद थियो । त्यसकारण पनि महासचिव महत्वपूर्ण जिम्मेवारी हो । महासचिव हुनेले अर्को महाधिवेशनमा स्वतः अध्यक्षको दाबेदार पनि हुन्छ ।
अहिलेका महासचिव ईश्वर पोखरेल पुनः सोही पदमा विधान अनुसार दोहोरिन पाउने छैनन् । महासचिवका लागि पोखरेलसँग नवौं महाधिवेशनमा ६ मतले पराजित सुरेन्द्र पाण्डे, तत्कालीन नेकपाको महासचिवको जिम्मेवारी निर्वाह गरेका विष्णु पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाबी गरेका छन् ।
पाण्डे, पौडेल, गुरुङ र पोखरेलमध्ये एक महासचिव हुने निश्चित छ । यसमध्ये पौडेल र पोखरेलको सम्भावना बढी छ । पौडेल तत्कालीन नेकपाको महासचिवको भूमिका निर्वाह गर्न सफल भएको र ओलीको विश्वासिलो पात्र हुन् । उता पोखरेल जनताको बहुदलीय जनबाद (जबज) को व्याख्याता र राष्ट्रपति भण्डारीका साथै अध्यक्ष ओलीको पनि विश्वासिलो पात्र हुन् ।
पाण्डेले विगतमा ओलीलाई सहयोग नगरेको र उनी पूर्व नेपाल–खनाल समूहका नेता भएकाले उनको सम्भावना छैन । गुरुङ ओलीको विश्वासिलो पात्र भए पनि पौडेल र पोखरेल अगाडि फिक्का भएकाले उनको पनि सम्भावना छैन । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०५ मंसिर २०७८, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच भेट
अध्यादेशबारे विपक्षीले अनावश्यक भ्रम सिर्जना गरे : एमाले
पाँच जना नेता एमालेबाट निष्कासित
यस्तो छ एमाले सचेतक बरालले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव (पूर्णपाठ)
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने