काठमाडौं । शाहरुख खानका छोरा आर्यन खान संलग्न क्रुज ड्रग्स मामिलामा बम्बे हाईकोर्टले शनिबार बिस्तृत फैसलाको कपी जारी गरेको छ । ‘प्रथम दृष्टया आरोपीहरुविरुद्ध त्यस्तो कुनै प्रमाण मिलेन, जसले यो विषय साबित गरोस् कि उनीहरुले ड्रग्ससँग सम्बन्धि कुनै अपराध गर्ने षड्यन्त्र गरेका थिए,’ फैसलामा उल्लेख छ ।
यसअघि आर्यन र उनका दुई साथीहरु जमानतमा रिहा भएका थिए । २८ अक्टुबरमा आर्यन, अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अदालतले स्विकारेको थियो । त्यसैगरी आर्यनको ह्वाट्सएप च्याट सार्वजनिक भएको र उनले अन्य तीन आरोपितहरुसँग मिलेर कुनै अपराध गर्ने षड्यन्त्र गरेको विषय त्यसमा पनि नदेखिएको अदालतले जनाएको छ ।
एनडिपिएस अधिनियमको धारा ६७ अन्तर्गत एनसिबीद्धारा दर्ज गरिएको आर्यन खानको बयानको प्रयोग केवल मामिलाको जाँचका लागि मात्रै गर्न सकिने पनि आदेशमा उल्लेख छ । तर, अभियुक्तहरूलाई एनडिपिएस अधिनियम अन्तर्गत अपराधी ठहर गर्ने अनुमान लगाउन वा साबित गर्नका लागि यस बयानको प्रयोग गर्न नसकिने पनि उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०४ मंसिर २०७८, १८ : ०६
लेखकबाट थप