काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयमा दरबन्दी मिलान विद्युतीय अभिलेखमा समस्या देखिएकाले शिक्षकको यथार्थ विवरण उपलब्ध गराउन शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएका छन् ।
शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले आयोजना गरेको शिक्षा एकाइका प्रमुखको कार्यशालामा मन्त्री पौडेलले देशभरका सरकारी विद्यालयका प्रधानाध्यापकले गरेका कामको तथ्याङ्क मागे ।
दरबन्दी मिलानका क्रममा कम्प्युटर, ल्याबको समस्या भएको भन्दै शिक्षा एकाइका प्रमुखलाई त्यसको तथ्याङ्क लिएर मन्त्रालयमा पठाउन उनले निर्देशन दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०२ मंसिर २०७८, २२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटले मुलुकको अर्थ प्रणालीलाई लयमा ल्याउँछ : देवेन्द्र पौडेल
प्रचण्डले गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी पूरा गर्दै हुनुहुन्छ : देवेन्द्र पौडेल
संसदमा माओवादीको प्रश्न - संविधान मान्छु भनेर शपथ खाएपछि व्यवस्थाको विरोध गर्न पाइन्छ ?