कांग्रेस नेता महेश आचार्यको उपसभापतिमा उम्मेदवारी दिने घोषणा

सफल खबर संवाददाता

विहीबार, ०२ मंसिर २०७८, १७ : ५२
कांग्रेस नेता महेश आचार्यको उपसभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । मंसिर २४–२६ सम्म हुने १४ औं महाधिवेशनमा आचार्यले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उपसभापतिको नेतृत्वमा हुने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् पार्टीमा वैचारिक बहस चलाउन आफूले उम्मेदवारी दिने तयारी गरेको नेता आचार्यले बताए ।

आचार्य कांग्रेसभित्र वैचारिक र निष्ठावान् नेताका रुपमा चिनिन्छन् । गिरिजाप्रसाद कोइराला नेतृत्वको पहिलो सरकारमा अर्थराज्यमन्त्री बनेका आचार्य २०५६ सालमा कृष्णप्रसाद भट्टराईको सरकारमा अर्थमन्त्री थिए ।

सुशील कोइराला नेतृत्वको सरकारमा आचार्य वन मन्त्री बनेका थिए । मोरङबाट पटक पटक संसदीय निर्वाचन जित्दै आएका उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस