दाङमा गहुँ उत्पादन वृद्धि

शुक्रबार, १४ बैशाख २०७५, १३ : १४
दाङमा गहुँ उत्पादन वृद्धि

दाङ । दाङमा यसवर्ष गहुँ उत्पादन वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष जिल्लामा तीस हजार ५०० मेट्रिक टन गहुँ उत्पादन भएको हो ।

गतवर्षको तुलनामा यसवर्ष एक हजार ४०५ मेट्रिकटन गहुँ उत्पादन भएको कृषिप्रसार अधिकृत भरतमणि पोख्रेलले जानकारी दिनुभयो ।
जिल्लामा गत वर्ष २९ हजार ९५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । गहुँ उत्पादनका लागि दाङ जिल्ला उपयुक्त रहेको र जिल्लामा १२ हजार ६०० हेक्टर जमिनमा गहुँखेती हुँदैआएको कार्यालयले जनाएको छ ।

जिल्लाको सबै क्षेत्रमा सिँचाइको सुविधा नहँुदा गहुँखेती थोरै जग्गामा मात्र हुनेगरेको छ । सिँचाइ सुविधा बढाउन सकेमा यहाँ गहँु उत्पादन उल्लेख वृद्धि हुने कषि विज्ञ बताउँछन् ।
जिल्लामा ६५ हजार ५८० हेक्टर जमिन भए पनि १२ हजार ६०० हेक्टर जग्गामा मात्र गहुँखेती हुँदैआएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस