कांग्रेस महाधिवेशन : भोजन तथा आवास व्यवस्थापन समिति गठन

सफल खबर संवाददाता

आइतबार, २८ कार्तिक २०७८, १६ : ५०
कांग्रेस महाधिवेशन : भोजन तथा आवास व्यवस्थापन समिति गठन

काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि भोजन तथा आवास व्यवस्थापन समिति गठन गरिने भएको छ । देशभरबाट भेला हुने महाधिवेशन प्रतिनिधिको व्यवस्थापनका लागि सो नेता सुरेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन गरिने भएको हो । 

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक अघि बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले पाण्डेको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको एक नेताले बताए । 

यस्तै बैठकले सातै प्रदेशमा महाधिवेशन समन्वय समिति बनाउने सहमति गरेको छ । जसका लागि केन्द्रीय नेताहरुलाई संयोजक तोकिने छ ।  १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोक्ने गरी निर्णय भएको छ । 

प्रतिक्रिया दिनुहोस