प्रधानन्यायाधीश जबराले घरबाटै गठन गरे आफूबाहेकका १० इजलास

सफल खबर संवाददाता

आइतबार, २८ कार्तिक २०७८, १० : ५७
प्रधानन्यायाधीश जबराले घरबाटै गठन गरे आफूबाहेकका १० इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेकका १० वटा इजलास गठन गरेका छन् । नेपाल बार एसोसिएसन र सहकर्मी न्यायाधीशहरूको विरोधका बीच जबराले आइतबारका लागि १० वटा इजलास गठन गरेका हुन् । 

नेपाल बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मुल गेटमा धर्ना दिएपछि जबराले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै इजलास गठन गरेर मुद्दाको पेसी तोकेका हुन् । उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् । 

नेपाल बारले शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको भन्दै बहस बहिष्कार गर्ने निर्णय गरेको छ भने असन्तुष्ट न्यायाधीशहरूले भने बारले बहस बहिष्कार गरेको इजलास नबस्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस