दुई किलो चरेशसहित एकजना पक्राउ

शुक्रबार, १४ बैशाख २०७५, १० : १५
दुई किलो चरेशसहित एकजना पक्राउ

फइल फोटो

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका—११ कलुवापुर क्षेत्रबाट प्रहरीले बिहीबार साँझ एकजनालाई दुई किलो चरेशसहित पक्राउ गरेको छ ।
चेकजाँचका क्रममा क्षेत्रीय अनुसन्धान ब्यूरो (आरइटी) र इलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले शुक्लाफाँटा नगरपालिका–८, पिलरीफाँटाका २१ वर्र्षीय जय जपे्रललाई चरेशसहित पक्राउ गरेको हो । “से २ प ८०१६ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका जपे्रललाई कालो झोलामा चरेश लुकाइछिपाइ लग्दै गरेको अवस्थामा पक्राउ गरेका छौँ, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले भन्नुभयो ।

पक्राउ परेका जप्रेललाई मोटरसाइकल, चरेशसहित इप्रका झलारीको हिरासतमा राखिएको छ । जप्रेललाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उहाँले बताउनुभयो । जप्रेलमाथि लागूऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने बताइएको छ । -रासस

प्रतिक्रिया दिनुहोस