पशुपतिदेखि काशी–विश्वनाथ मोटरसाइकल र्‍याली सुरू

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १३ : २८
पशुपतिदेखि काशी–विश्वनाथ मोटरसाइकल र्‍याली सुरू

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेले भगवान शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताएका छन ।

बिहीवार काठमाडौंमा ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल ¥याली’ को उद्घाटन गर्दै मन्त्री आलेले भगवान शिवले बास गरेका चार धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताए । यसरी सर्किटको विकास गर्न सकेमा हिन्दु धर्मावलम्वीहरुले चारवटै धामको दर्शन गर्ने अवसर पाउने र सो शिवालयहरुप्रति अझै धार्मिक आस्था बढेर जाने उनले बताए । उनले भने – ‘भगवान शिवले बास गरेको चारवटा धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गरी संसारभरीका अरबौँ हिन्दु धर्मावलम्बीहरुलाई चारै धामको दर्शन गर्ने अवसर सिर्जना गरौँ । यो सर्किटको कन्सेप्टले यि शिवालयहरु प्रति अझै धार्मिक आस्थाको गरिमा बढेर जानेछ ।’

पर्यटनमन्त्री आलेले नेपाल – भारत सम्बन्ध प्राचिन, मौलिक र सभ्यताको सम्बन्ध भएको बताए । उनले एकपटक विश्वनाथ मन्दीरमा दर्शन गर्ने हिन्दु दर्शनार्थीले एकपटक पशुपतिनाथको दर्शन गर्नुपर्ने पौराणिक मान्यता रहेको उल्लेख गर्दै पशुपतिनाथ देखि काशी विश्वनाथ सम्मको मोटरसाइकल ¥यालीले नेपाल भारत सम्बन्ध प्रगाढ हुने र हिन्दु धर्मको गरिमा उच्च रहने विश्वास व्यक्त गरे । त्यसैगरी कार्यक्रममा बोल्दै नेपालका लागि भारतिय राजदुत विनयमोहन क्वात्राले नेपालको पशुपतिनाथ मन्दीर र भारतको काशी विश्वनाथ मन्दीर दुई देशको सभ्यताको प्रमुख चिन्ह भएको बताए । यि दुई धार्मिक स्थलहरुले दुई देशको समाजलाई जोडेको र सम्बन्धलाई निरन्तरता दिने प्रतिकका रुपमा पनि रहेको उल्लेख गरे ।

शुक्रवार नै दर्जनौँ युवाहरुले ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल ¥याली’ काठमाडौंको पशुपतिनाथबाट प्रारम्भ गरेका छन् । ५० भन्दा बढि मोटरसाइकलमा सवार राइडरहरू झन्डै ९ सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस