भोलि सम्पूर्ण बेञ्च बहिष्कार गर्ने कानुन व्यवसायीको घोषणा

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १२ : ४७
भोलि सम्पूर्ण बेञ्च बहिष्कार गर्ने कानुन व्यवसायीको घोषणा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले भोलि (शुक्रबार) सबै बेन्च बहिस्कार गर्ने घोषणा गरेको छ । 

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा छ । सोही क्रममा बिहीबार सर्वोच्च अदालतमा धर्ना दिएका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । 

घम्साघम्सीका क्रममा पाँच जना कानुन व्यवसायी घाइते भएका छन् । प्रहरी दमनको विरोधमा भोलि शुक्रबार सम्पूर्ण इजलास बहिष्कार गर्ने बारका महासचिव लिलामणि पौडेल जानकारी दिए । शुक्रबार सर्वोच्चको सबै इजलासको बहस पैरवी बहिस्कार गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि धर्नास्थलबाट जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस