साँझ ७ बजेपछि क्रसर चलाउन नपाइने

विहीबार, १३ बैशाख २०७५, २० : ३६
साँझ ७ बजेपछि क्रसर चलाउन नपाइने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्मका लागि क्रसर उद्योग सञ्चालन गर्न नदिने भएको छ ।

उपमहानगरपालिकाको आज बसेको २८ औँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।

रातिको समयमा क्रसर उद्योग सञ्चालन हुँदा नजिकको वस्तीमा असर गर्ने भएकाले उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो ।

यसैगरी कार्यपालिकाका बैठकले प्राकृतिक स्रोत, साधन, ढुँगा, गिट्टी, वालुवाजस्ता नदीजन्य खनिज पदार्थ बिहान छ बजेदेखि साँझ ७ बजेसम्म मात्र तोकिएका स्थानबाट उत्खनन गर्न पाइने निर्णय गरेको छ ।

कार्यपालिकाको निर्णय कार्यान्वयनका लागि छिट्टै अनुगमन पनि गरिने उपमहानगरपालिका प्रवक्ता डाँगीले बताए । रासस

प्रतिक्रिया दिनुहोस