मन्त्रिपरिषद्पछि सत्तारूढ गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, २२ कार्तिक २०७८, १४ : २०
मन्त्रिपरिषद्पछि सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ५ बजे बैठक बस्न लागेको हो । 

यसअघि अपरान्ह ३ बजे मन्त्रिपरिषद बैठक बस्दैछ।आज गठबन्धनको बैठकमा सर्वोच्च अदालतको गतिरोधका विषयमा छलफल हुनसक्ने बताइएको छ ।

राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभाका उपनिर्वाचनलगायत विषयमा पनि छलफल हुनेछ । 

प्रतिक्रिया दिनुहोस