संवैधानिक इजालासमा ५० वटामात्र मुद्दा फछ्र्योट

विहीबार, १३ बैशाख २०७५, १५ : २७
संवैधानिक इजालासमा ५० वटामात्र मुद्दा फछ्र्योट

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फछ्र्योट भएको छ । सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा ५० वटा मात्र मुद्दा फछ्र्योट भएको बताउनुभयो ।

ती मुद्दा विसं २०६६ देखिका हुन् । उहाँले हप्तामा दुई दिनमात्र संवैधानिक इजलासमा परेका मुद्दा भएकाले धेरै फछ्र्योट गर्न नसकिएको जानकारी गराउनुभयो । संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र न्यायाधीशले हेर्ने गर्नुभएको छ । अहिले सर्वोच्चमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेले हेर्न गर्नुभएको छ ।

२०७२ सालको संविधानको धारा १३७ ले संवैधानिक इजलासको प्रावधान राखेको छ । संवैधानिक इजालसमा संविधानसँग बाँधिएका रिट निवेदन, संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तहबीचको संविधानका अधिकारबारे उठेको विवाद तथा संसद्का सदस्यको योग्यताबारे उठेका विवादसम्बन्धी मुद्दा हेर्ने गरिन्छ । विसं २०७२ को संविधान गठन हुनुभन्दा पहिले सर्वोच्चमा विशेष इजसालले संविधानसम्बन्धी उठेका विषय हेर्ने गर्दथ्यो । (रासस)

प्रतिक्रिया दिनुहोस