मनकामना केबलकारका कर्मचारीको प्रत्येक महिना कोभिड परीक्षण हुने

सफल खबर संवाददाता

आइतबार, १४ कार्तिक २०७८, १७ : १८
मनकामना केबलकारका कर्मचारीको प्रत्येक महिना कोभिड परीक्षण हुने

चितवन । मनकामना दर्शन प्रा.लि.ले आफ्ना कर्मचारीलाई हरेक महिना कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको छ । 

मुग्लिङ हाइवे अस्पतालसँग सहकार्य गरेर कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए । 

सबै कर्मचारीहरुले कोभिड १९ विरुद्धको खोप लगाइसकेको र महिनामा एक पटक स्क्रिनिङ गर्ने गरेको उनले बताए  । चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म सञ्चालित यस केवलकार सेवा दैनिक हजारौंले उपयोग गर्ने गर्छन् ।  

प्रतिक्रिया दिनुहोस