काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने दाबी गरेका छन् ।
इटालीको राजधानी रोममा औधोगिक देशहरुको समूह जी २० सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले आगामी वर्षको अन्त्य सम्ममा भारतले ५ अर्ब डोज खोप विकास गर्ने दाबी गरे । भारतले विकास गरेको खोपले विश्वलाई महामारीविरुद्ध लड्न सहयोग गर्ने उनको भनाई छ ।
विश्वमा अझै पनि कोभिड खोपको अभावमा धेरै मानिसहरुको मृत्यु भइरहेको छ । अफ्रिकाका आधाभन्दा बढी मानिसमा खोपको पहुँच छैन् ।
सो अवसरमा प्रधानमन्त्री मोदीले भारतलाई आर्थिकरूपमा पुर्नजीवित पार्न र आपूर्ति सहज गर्न भारतलाई साझेदार बनाउन जी २० का अन्य नेतासँग अपिल गरेका थिए । महामारीका बाबजूद विश्वसनीय आपूर्ति सञ्जालमा भारत विश्वासनीय साझेदार देश प्रमाणित भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १४ कार्तिक २०७८, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदीको भ्रमणले भारत-मोरिसस सम्बन्धमा नयाँ उचाइ थपिएको दाबी
डीपफेक रोक्न डिजिटल इन्डिया विधेयक ल्याउँदै मोदी सरकार