विप्लवको गाँउमा अखिल (समाजवादी) को प्यानल विजयी

सफल खबर संवाददाता

बुधबार, ०६ चैत्र २०८१, ०७ : ५८
विप्लवको गाँउमा अखिल (समाजवादी) को प्यानल विजयी

रोल्पा । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकास्थित रोल्पा नमुना क्याम्पसमा विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी) विजयी भएको छ ।

जम्मा खसेको मत ११७ मध्ये अखिल (समाजवादी) का चुडामणि केसीले ७१ मत ल्याएर विजयी भए । यसैगरी अखिल (क्रान्तिकारी) का दिपेन्द्र डाँगीले ४२ मत पाए ।

त्यस्तै सचिव र कोषाध्यक्षमा अखिल (समाजवदी) कै देवेन्द्र डाँगी र टोप वहादुर परियार क्रमस ६७ र ७१ मत सहित विजयी भए ।

नेकपाका महासचिव विप्लवको गाँउ रहेको रोल्पा वागमारा स्थित क्याम्पसको स्ववियु निर्वाचनमा अखिल (समाजवादी) का विरुद्ध अखिल (क्रान्तिकारी), अनेरास्ववियु र नेविसंघले प्यानल सहित प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस