काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको ६१८ औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य, दिपंकर शाक्य उदय, कवि कुमार टिवरेवाला, शालिक राम बेल्बासे र शोभा श्रेष्ठ सञ्चालक समितिमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, १६ : ३५
लेखकबाट थप