२५ करोड रकमसहित काठमाडौंबाट दुईजना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०५ चैत्र २०८१, १० : १२
२५ करोड रकमसहित काठमाडौंबाट दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) बरामद गरेको छ ।

२५ करोड रुपैयाँबराबर रकम बरामद गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त ट्रकका चालकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत छन् ।