काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने बताएका हुन्।
नेपालमा फेरि लोडसेडिङ हुने भनी जिम्मेवार व्यक्तिबाटै भाषणबाजी हुनथालेपछि घिसिङको यो प्रतिक्रिया आएको हो ।
बुधबार राष्ट्रिय सभा बैठकमा उपस्थित हुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालमा अब लोडसेडिङ रोक्न नसकिने बताएका थिए।
तर घिसिङले भने राति पूरै पावर प्लान्टहरू चल्ने र दिउँसो आयात भइरहेकाले लोडसेडिङ नहुने स्पष्ट पारेका छन्।
‘लोडसेडिङ भएको छैन, हुँदा पनि हुँदैन। हाम्रा सबै पावर प्लान्टहरू राति चल्छन्’, उनले भने, ‘भारतबाट दिउँसो बिजुली आयात गर्न दिएकै छ, दिउँसो आउँछ। त्यसकारण लोडसेडिङ हुँदैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानको पुनर्बहाली माग राखेर माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
राजनीतिमा आउने हल्लाबारे कुलमान- कुनै पनि जिम्मेवारी लिन तयार छु
बर्खास्तीपछि कुलमानले गरे पहिलोपटक धारणा सार्वजनिक (पूर्णपाठ)
बक्यौता उठाएकैले मलाई पदबाट हटाइयो: कुलमान घिसिङ
माइतीघरमा कुलमानको समर्थनमा आज पनि प्रदर्शन
कुलमानको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार