काठमाडौँ । शाहरुख खानका छोरा आर्यन खान जमानतमा रिहा हुने भएका छन् । उनका नाममा शुक्रबार दिउँसो जमानत आदेश जारी भएको हो । तर साढे पाँच बजेसम्म अदालतको जमानत आदेश जेलमा नपुगेका कारण शनिबारमात्रै कागजी कारबाही पूरा हुने र आर्यन रिहा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । क्रुज ड्रग्सको मामिलामा मुम्बईको आर्थर रोड जेलमा बन्द छन् ।
शाहरुखकी मित्र तथा अभिनेत्री जुही चावला आर्यनका नाममा जमानती बनिसकेकी छिन् । उनले सेशन कोर्ट पुगेर कागजातमा हस्ताक्षर गरेकी हुन् । आर्यन खानका वकिल सतिश मानसिन्देले हाई कोर्टको आदेश मिलिसकेको र रिहाईको प्रक्रिया जारी रहेको बताएकी छिन् । एकपटक न्यायाधीशले जमानत स्विकार गरेपछि अन्य औपचारिकताहरुसहित अघि बढ्ने उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ कार्तिक २०७८, १८ : २१
लेखकबाट थप