प्रतिनिधि सभाको बैठक आज बस्दै, यि हुन् एजेण्डा

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, ०९ : १३
प्रतिनिधि सभाको बैठक आज बस्दै, यि हुन् एजेण्डा

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको जानकारी अनुसार आज प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने एक मात्र कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्दै आइरहेको छ । अझै पनि संसद् सुचारु गर्नेबारे दलहरूबीच सहमति हुन सकेको छैन ।

तर, सर्वोच्च अदालतमा देखिएको विवादबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनु पर्ने माग उठिरहेका बेला प्रतिनिधि सभाको बैठकलाई यसपटक चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस