कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, १९ : ०६
कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ ।

निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ ।